Agni Offset Press

गोदावरी नगरपालिका–४ बास्कोटामा मेयर भट्ट द्वारा सडक शिलान्यास

Aarati simant

अत्तरिया, १२ बैशाख : कैलालीको गोदावरी नगरपालिका–४ बास्कोटादेखि खैराना–खानेपानी ट्याङ्की हुदै अन्य क्षेत्रमा ६ दशमलव ७७ किलोमिटर सडक कालोपत्रे निर्माण कार्य सुरु भएको छ । कल्भर्ट निर्माण कार्य पनि बुधबारबाट सुरु भएको छ ।
गोदावरी नगरपालिका र सँघीय सरकारको पचास पचास प्रतिशत लगानी रहेको सडक खण्डमा बुधबार एक कार्यक्रमका बिच नगरप्रमुख बिरेन्द्र भट्ट शिलन्यास गरेका हुन ।
९ करोडमा ठेक्का आह्वान गरेको नगरपालिकाले बिडिङ हुँदै गर्दा साढे ६ करोडमा ठेक्का प्रक्रियाबाट सडक तथा कल्भर्ट निर्माण सुरु गरिएको छ । जगदम्बा निर्माण सेवाले पारेको ठेक्काबाट ६ हजार ७ सय ७७ मिटर ग्राभेल हुँदै कालोपत्रे र ४ ठाउँमा कल्भर्ट निर्माण गर्नुपर्ने निर्माण कम्पनीका प्रोप्राईटर सन्तोष जोशीले जानकारी दिए ।
शिलान्यास कार्यक्रममा नगरप्रमुख बिरेन्द्र भट्टले चुनावको समयमा गरेका बाचाहरुलाई प्राथमिकताका आधारमा अगाडि बढाउदै गएको बताए । उनले पालिकाको पचास र संघीय सरकारको पचास प्रतिशत लगानीमा निर्माण कार्य सुरु भएको बताए ।
शिलन्यास कार्यक्रममा वडा न. ४ का वडा अध्यक्ष हेमप्रकाश मल्लले बास्कोटाबाट जनताले मन्त्रीसम्म बनाए तर, विकास गर्न नसकेको बताए । अहिले मेयर सापको पालामा केन्द्रमा धाउदा धाउदा केही राहत सहित यस ठाउँमा सडक निर्माणका लागि काम बन्ने भएकोले सबैले यस ठाउँको विकासमा सहयोग गरी दिन समेत आग्रह गरे ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.