गोदावरीमा मेयरसंग जेष्ठ नागरिक स्वास्थ प्रबद्र्धन कार्यक्रम

अत्तरिया, १२ बैशाख : कैलालीको गोदावरी नगरपालिकामा मेयरसंग जेष्ठ नागरिक कार्यक्रम अन्तरगत स्वास्थ्यकर्मीसँग अभिमुखीकरण गरिएको छ ।
नगर प्रमुख बिरेन्द्र भट्टले ब्यानर वाचन गरी कार्यक्रमको बुधबार उद्घाटन गरेका हुन । कार्यक्रममा नगर प्रमुख भट्टले जेष्ठ नागरिकको हितका लागि जेष्ठ नागरिक कल्याणकारी कामहरु थालनी गर्न लागेको बताए । जेष्ठ नागरिकको अनुभव, सल्लाह सुझाव र आर्शिवादले नयाँ पुस्तालाई सहि मार्गमा अगाडि बढ्न प्रेरणा मिल्ने बताउँदै यस्तो पूण्य काम गरेको र यसपाली पनि कार्यक्रमलाई अगाडि बढाएको बताए ।
नगरपालिकाले सञ्चालन गरेका कार्यक्रममा ज्येष्ठ नागरिक प्रत्यक्ष सहभागी हुन नसक्ने हुँदा तिनका विचारलाई पालिकाको हितमा सदुपयोग गर्न ज्येष्ठ नागरिकसँग मेयर कार्यक्रम ल्याउन लागिएको हो ।
अभियान अन्तर्गत सबै वडामा ६० बर्ष माथिका जेष्ठ नागरिकहरुको ब्ल्ड प्रेसर, सुगर, अक्सिजन लेभल परीक्षण गर्ने र अवश्यकता अनुसार उपचार गर्ने स्वास्थ शाखाले जनाएको छ । कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख नवराज अवस्थी, स्वास्थ्य अधिकृत बिरबहादुर कुँवर लगायत, पालिका भित्र कार्यरत स्वास्थ्य कर्मीहरुको उपस्थिति रहेको थियो ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.