Agni Offset Press

कञ्चनपुरमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु, तीन जना घाइते

Aarati simant

कञ्चनपुर : कञ्चनपुरमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । जिल्लाको बेदकोट नगरपालिका–३ दैजिस्थित पुर्बबाट पश्चिम तर्फ जाँदै गरेको म १ प ५२८२ नम्बरको मोटरसाईकल र विपरीत दिशाबाट आउँदै गरेको म २ प ३५५६ नम्बरको मोटरसाईकल एक–आपसमा ठोक्किएका थिए ।

मोटरसाइकलको ठक्करबाट म १ प ५२८२ नम्बरको मोटरसाईकलमा सवार मोटरसाईकल चालक बेदकोट नगरपालिका–२ का २६ वर्षीय श्रीधर नाथको बुधवार दिउँसो मृत्यु भएको हो । ठक्करबाट गम्भीर घाइते भएका उनको महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरमा उपचारको क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा घाईते भएका मोटरसाईकल पछाडी सवार सोही ठाउँका ५५ वर्षीय रामबहादुर मिजार, विपरीत दिशाबाट आईरहेको म २ प ३५५६ नम्बरको मोटरसाईकल चालक बेदकोट नगरपालिका–३ का २५ वर्षीय नबिन टमटा र मोटरसाईकलमा पछाडी सवार सोही ठाउका २६ वर्षीया कबिता टमटा पनि घाइउते भएका छन् ।

घाइते तीनै जनाको महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक उमेशराज जोशीले बताए ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.