गलत गरे क्षमा हुन्न : डिआइजी केसी

अत्तरिया : सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरिक्षक (डिआइजी) रबिन्द्र केसीले गुण्डागर्दी, जुवातास तथा अपराधिक क्रियाकलाप नियन्त्रणमा कडाइका साथ लाग्न दार्चुला प्रहरीलाई निर्देशन दिएका छन् । जिल्ला प्रहरी कार्यालय दार्चुलाको आन्तरिक तथा बाह्य निरीक्षण गरेर जिल्लाको समग्र शान्ति, सुरक्षा एवं समसामयिक वस्तुस्थितिका बारेमा जानकारी लिएका केसीले अपराधिक गतिबिधि नियन्त्रणमा कुनै कसुर बाकीँ नराख्न निर्देशन दिएका हुन् ।
केसीले कार्यालयमा कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरु तथा मातहत प्रहरी इकाईका युनिट इन्चार्जहरुलाई समेत आवश्यक विभागिय नीति निर्देशन दिएका छन् । उनले अपराध अनुसन्धान तथा नियन्त्रण कार्यमा कुनै किसिमको प्रभावमा नपरी काम गर्न निर्देशन दिएका छन् । प्रहरी नायब महानिरिक्षक केसीले गैर ब्यवसायिक क्रियाकलापमा संलग्न नहुने, यदी कुनै प्रहरी कर्मचारी संलग्न भएको पाईएमा क्षमा नहुने बताए । फैसला कार्यान्वयन, पेण्डिङ मुद्दाको अनुसन्धान तथा फरार अपराधी पक्राउ कार्यलाई बिशेष प्राथमिकता साथ प्रभावकारी ढंगले अघि बढाउन उनले निर्देशन दिए । सिमावर्ती अपराध र तस्करी नियन्त्रणमा शुन्य सहनसिलताको नीति अपनाई उपलब्धीमुलक ढंगले कार्य गर्नपनि केसीले निर्देशन दिएका छन् । नियम विपरित नदीजन्य पदार्थको उत्खनन् कार्यलाई कानूनको दायरामा ल्याउन समेत केसीको निर्देशन छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.