निसन्तान सम्बन्धी चेकजाँच तथा उपचार गर्न माया मेट्रो अस्पतालमा डा.नुतन शर्मा आउँदै

अत्तरिया : धनगढी उपमहानगरपालिका वडा नम्बर ३ चटकपुरमा रहेको माया मेट्रो अस्पतालमा निसन्तान दम्पतीका लागी चेकजाँच तथा उपचार गरिने भएको छ। भोली शुनिबार अर्थात बैशाख १५ गते माया मेट्रोमा सेवा दिन लागीएको हो।

नर्भिक अस्पताल काठमाडौँमा कार्यरत तथा नर्भिक आई भि एफ सेन्टरका प्रमुख वरिष्ठ स्त्री रोग तथा टेष्टट्युब बेबी विशेषज्ञ एवं ल्याप्रोस्कोपिक सर्जन डाक्टर नुतन शर्माद्धारा निसन्तान सम्बन्धी सम्पूर्ण समस्याको चेकजाँच उपचार तथा परामर्श दिइन लागीएको अस्पतालका अध्यक्ष धिरेन्द्र साउँदले जानकारी दिए।

नर्भिक अस्पताल आइभिएफ सेन्टरको संस्थापक समेत रहेकी डा. शर्माले निसन्तान सम्बन्धी सम्पूर्ण समस्याहरुको समाधान माया मेट्रो अस्पतालबाटै हुने बताइन्। उनले भनिन्,‘मलाई भेट्न बिरामीले काठमाडौं आइपुग्नु परेन,’ डा.शर्माले भनिन् ‘म आफैं बिरामी भेट्न धनगढी आउँदैछु।’ डा.शर्माले शनिवारको दिन बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म उक्त सेवा लिन समेत सबैमा आग्रह गरिन्।

सुदूरपश्चिममा पनि महिला र पुरुषमा बाँझोपनको समस्या हुने तर उपचार गर्न काठमाडौँ लगायत प्रदेश बाहिर जानुपर्ने समस्या रहेकाले सो समस्यालाई मध्यनजर गर्दै डा। शर्मा दुई दिन माया मेट्रो अस्पतालमा रहने अस्पतालले जनाएको छ। निसन्तान सम्बन्धी सम्पूर्ण समस्याको उपचार, आई भि एफ तथा टेष्टट्युब बेबी महिलामा देखीने सम्पूर्ण समस्याहरुको चेक, जाँच तथा परामर्श दिइने छ। सम्बन्धित बिरामीले अग्रिम नाम दर्ता गराउन र सो स्वास्थ्य सेवा लिन आग्रह गरिएको छ। थप जानकारीका लागी माया मेट्रो अस्पतालको फोन नम्बर ०९१–४१६१४० मा सम्पर्क गरेर पनी सो थप जानकारी पाउन सकिने जनाएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.