२० लाख लगानीमा अत्तरियामा स्केटिङ्ग सञ्चालनमा

अत्तरिया, १४ बैशाख : सुदूरपश्चिम प्रदेशको मुख्य केन्द्रबिन्दु गोदावरी नगरपालिका अत्तरियामा स्केटिङ्ग सञ्चालनमा आएको छ । अत्तरिया चौराहा नजिकै सुदूर सिटी सेन्टरको भवनमा शुक्रबार देखि स्केटिङ्ग सञ्चालनमा आएको हो । स्केटिङ्गको पूजा गरेर उद्घाटन गरिएको छ । सञ्चालक भुवन महराले अत्तरिया क्षेत्रमा नौलो साहसिक खेल भएको पछिल्लो समयमा लागूऔषध लगायतका नकारात्मक क्रियाकलापहरुमा फस्दै गएका व्यक्तिहरूलाई स्केटिङ्ग् क्षेत्र समय बिताउन एबं मनोरञ्जन दिने उदेश्यकासाथ संचालनमा ल्याइएको बताए ।
सञ्चालक महराले प्रशिक्षकको सिकाईमा स्केटिङ्ग गर्ने र खेल्ने व्यवस्था रहेको साथै सुलभ दरमा स्केटिङ्ग् खेल्न सकिने बताए । उनले स्केटिङ्ग खेल्न जानेहरुका लागि स्केटिङ्ग भित्रै जुत्ता लगायत सुरक्षाका सामानहरु उपलब्ध रहेको जानकारी दिए ।
यस्तै बिशेषगरि किशोर किशोरी एवं साना साना नानी बाबुहरुलाई लक्षित गरि शारीरिक व्यायामसंगै रमाइलो हुने व्यवस्था गरी उक्त स्केटिङ्ग हाउस संचालनमा ल्याइएको महराले बताए । २० लाखको लागतमा अत्तरिया स्केटीङ्ग ल्याएको उनले जानकारी दिए ।
स्केटिङ्गका अर्को सञ्चालक प्रकाश महराले स्केटिङ्ग यस क्षेत्रका नौलो भएको बताउदै युवा पुस्ताका बालबालिकाहरूका लागि यो खेल महत्वपूर्ण नै रहेको बताए । यस खेलमा उत्कृष्ट खेलाडीहरूलाई देशभित्र र देश बाहिरका विभिन्न प्रतियोगिताहरूमा सहभागी गराउने लक्ष्य समेत रहेको उनले बताए ।

यस्तै उद्योग वाणिज्य संघका अध्यक्ष कल्याण सिंह बोहराले उत्कृष्ट कार्यलाई धन्यवाद दिँदै विदेशी क्षेत्रमा स्केटिङ्ग खेल उत्कृष्ट भएको बताए । अत्तरियामा पहिलोपटक स्केटिङ्ग संचालनमा आएपछि यस खेलमा रुची राख्नेहरुले सिक्ने र खेलमा सहभागिता जनाउने संचालकहरुको अपेक्षा रहेको छ । खेल सिकाउनका लागि अनुभवी प्रशिक्षक संगै सम्भावित दुर्घटनालाई ख्याल गरी सुरक्षाका सामग्री प्रयोगको ब्यबस्था गरिएको जनाएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.