अत्तरिया बसपार्कको जग्गा प्राप्तिका लागि समिति गठन

अत्तरिया, १४ बैशाख : कैलालीको गोदावरी नगरपालिका अत्तरिया बसपार्क, ६१ घरधुरी लामिताल लगायतका संरचना जोगाउनकोलागी सरोकार समन्वय समिति बनाईएको छ ।
शुक्रबार बसेको भेलाले ३ सदस्यीय समिति बनाईएको हो । अत्तरिया बसपार्क निर्माण समितिका अध्यक्ष गोकर्ण भट्टको संयोजकत्वमा समिति बनाईएको छ । समितिको सदस्यमा राजेन्द्र खड्कालाई सचिव तोकिएको छ । भट्ट र खड्काले अन्य नागरिक समाजसंग समन्वय गरी समितिलाई पूर्णता दिने जनाएको छ ।
समितिले सम्बन्धित निकायसंग समन्वय गर्नेछ । समितिले सबै पक्षसंग समन्वय गरेर थप कार्यक्रम सार्बजनिक गर्ने समितिका सदस्य खड्काले बताए । नेपाली सेनाले अत्तरिया बसपार्क, लामिताल र ६१ घरधुरी सहितको जग्गा आफ्नो भोकाधिकार रहेको भन्दै खालि गराउन दबाब दिँदै आएको छ । स्थानीय हरु यसको विरोध गरिरहेका छन् । जग्गाको भोगाधिकार नहुँदा अत्तरिया बसपार्कको स्तरोन्नति गर्ने कार्य समेत अगाडि बढ्न सकेको छैन ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.