काठमाडौँ महानगरपालिकाले देशका जुनसुकै स्थानका अशक्त र गरिबको निःशुल्क उपचार गरिदिने

अत्तरिया : काठमाडौँ महानगरपालिकाले देशका जुनसुकै स्थानका अशक्त र गरिब नागरिकको निःशुल्क उपचार गरिदिने भएको छ।

यसका लागि महानगरपालिकासँग ५२ अस्पतालका ३७४ बेड आबद्ध रहेको जानकारी मेयर बालेन्द्र शाहले दिएका छन्। उक्त अस्पतालमा नेपालका जुनसुकै पालिकाका अशक्त र गरिबले निःशुल्क उपचार पाउने तर त्यसका लागि सम्बन्धित पालिकाबाट सो वर्ग प्रमाणितको सिफारिस ल्याउनुपर्ने मेयर शाहले बताएका छन्।
उनले भने, ‘नेपालको जुनसुकै पालिकाको भए पनि अशक्त र गरिब नागरिक बिरामीहरूले आफ्नो पालिकाबाट विपन्न, असहायको सिफारिस लिएर काठमाडौँ महानगर आउनुहोला। हामीसँग ५२ अस्पतालका ३७४ बेड आबद्ध छन्। त्यहाँ बिरामीको आवश्यकताअनुसार निशुल्क उपचार हुनेछ।’

साथै मेयर शाहले यस वर्गमा पर्ने आफ्ना टोल, छिमेक वा आफन्तबारे महानगरपालिकालाई जानकारी दिन पनि अनुरोध गरेका छन्। यसका लागि काठमाडौँ महानगरपालिकाको स्वास्थ्य विभागको फोन नम्बर ११८० सम्पर्क गर्न सकिने उनले बताए।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.