Agni Offset Press

गोदावरी १२ मा पंन्चे बाजाका कलाकारलाई झकुला र साउनाई वितरण

Aarati simant

अत्तरिया, १७ बैशाख : कैलालीको गोदावरी नगरपालिका–१२ ले झकुला र साउनाई वितरण गरेको छ । वडा कार्यालयले दलित लक्षित समुदायका पंन्चे बाजाका कलाकारहरूलाई झकुला र साउनाई वितरण गरेको हो । सोमबार उक्त सामग्री वडाको सहयोगमा अपाङ्ग उत्थान समाज कैलाली मार्फत वितरण गरिएको थियो ।
अपाङ्ग उत्थान समाज कैलालीका अध्यक्ष जय धामीको सभापतित्वमा भएको झकुला र साउनाई वितरण कार्यक्रममा वडा अध्यक्ष भीम खड्का प्रमुख अतिथि रहेका थिए ।
कार्यक्रममा वडाका ८ जनालाई झकुला र ४ जनालाई साउनाई वितरण गरिएको थियो । वडा अध्यक्ष खड्काले दलित समुदायको उत्थान र दलित समुदायका परम्परागत सीप जोगाउन वडा कार्यालय लागि परेको बताए ।
उनले लोप हुन लागेको बाजा र पहिरनको संरक्षण गर्नको लागि वडाले छुट्टाएको १ लाख बाट झकुला र साउनाई वितरण गरिएको बताए । उनले विगत देखि नै यस्ता कार्यक्रम निरन्तर सञ्चालन गरिँदै आएकोमा आगामी दिनमा पनि यसलाई निरन्तरता दिने बताए ।

Lalpur Sunchandi Pasal
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.