अत्तरियामा कार चालकको मृत्यु

अत्तरिया : कैलालीको गोदावरी नगरपालिका अत्तरियामा एक जना कार चालकको मृत्यु भएको छ। गोदावरी नगरपालिका–४ बनदेबी मन्दिर नजिक युके ०५ बि १७१० नम्बरको कार मंगलबार राति दुर्घटना हुँदा कार चालक गोदावरी नगरपालिका–३ मालिका टोलका ४५ वर्षीय दिपक सिजापतीको मृत्यु भएको हो।

दुर्घटनामा गम्भीर घाइते भएका उनको माया मेट्रो अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो। दुर्घटनाको विषयमा प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.