अत्तरिया, २४ बैशाख : गोदावरी नगरपालिका अत्तरियामा रहेको महिला तथा बालबालिका सेभ हाउसमा सिसी क्यामेरा जडान गरिएको छ । संस्थाको सुरक्षालाई मध्य नजर गर्दै ४ वटा सिसी क्यामेरा जडान गरिएको हो । अत्तरिया उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष दलबहादुर खड्का, सदस्यद्वय ज्ञानेन्द्र खड्का र बालकृष्ण ओझाको ब्यक्तिगत पहलमा उक्त सिसी क्यामेरा जडान गरिएको हो ।
केही दिन यता संस्थामा चोरीको प्रयास हुन थालेपछि ब्यबसायीहरुले आफ्नो पहलमा क्यामेरा जोडेका हुन । संस्थाकी अध्यक्ष मलासीले अब क्यामेरा जडान भएपछि रातिको समयमा पनि आफुहरु सुरक्षित हुने बताईन ।
ब्यबसायी खड्काले सामाजिक उत्तरदायित्व अन्तर्गत सामाजिक कार्य गरिरहेको संस्थालाई आफुहरुले सहयोग गरेको बताए ।