ठेकेदारले सडक कालोपत्रेको काममा लापरवाही गरेको भन्दै गोदावरी १ को चेतना टोलमा निर्माण कार्य अवरुद्ध
अत्तरिया : ठेकेदारले कालोपत्रेको काम लापरपाहि गरेको भन्दै गोदावरी १ को चेतना टोलमा स्थानीय तथा जनप्रतिनिधिद्वारा निर्माण कार्य अवरुद्ध छ ।
गत आर्थिक वर्ष ७९\८० २५ लाख बजेट बाट काफली कन्स्ट्रक्सनले कालोपत्रेको काम हुँदै गर्दा स्थानीय एबं जनप्रतिनिधिहरुको रोहबरमा गुणस्तरीय काम नभएको जनाउँदै काम स्थगित गर्न लगाएको जानकारी गोदावरी नगरपालिका वडा नं १ का वडा अध्यक्ष गोपाल दत्त भट्टले बताएका छन् ।
१२५ मीटर लम्बाईमा हुँदै गरेको कालोपत्रे काममा अहिले सब बेस पश्चात काम अगाडि बढाउँदा गुणस्तरिय नभएको स्थानीयले बताएका छन् ।