अत्तरियाबाट लागूऔषध खैरो हेरोईन सहित एक युवक पक्राउ

अत्तरिया : कैलालीको अत्तरियाबाट लागूऔषध खैरो हेरोईन सहित एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा कैलाली गोदावरी नगरपालिका वडा नम्बर १ अत्तरिया बरपिपल गल्ली बस्ने बिकास कट्टेल रहेका छन् ।

उनलाई आज दिउँसो इलाका प्रहरी कार्यालय मालाखेती अपराध अनुसन्धान समुहबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । कट्टेलको शरिर तथा बस्ने कोठामा चेकजांच गर्दा लागु औषध (खैरो हेरोईन) जस्तो धुलो पदार्थ १ (एक) ग्राम फेला पारी बरामद गरिएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ । पक्राउ परेका कट्टेलमाथी थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.