Agni Offset Press

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारी जेठ ३ गते विश्वासको मत लिने तयारीमा

Aarati simant

अत्तरिया : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले जेठ ३ गते विश्वासको मत लिने तयारी गरेका छन् । वैशाख ६ गते नियुक्त भएका मुख्यमन्त्री सोडारीले जेठ ५ गतेभित्र विश्वासको मत लिइसक्नुपर्ने कानुनी व्यवस्था छ । जसअनुसार उनी जेठ ३ गते विश्वासको मत लिने तयारीमा जुटेका हुन् ।

यसअघि मुख्यमन्त्री सोडारीले वैशाख २१ गते विश्वासको मत लिन संसद्को बैठक पनि आह्वान गराएका थिए । तर, नेकपा एमाले तत्काल विश्वासको मत दिन नसकिने भन्दै अडानमा बसेपछि बैठक स्थगित गरियो ।

त्यसको भोलिपल्ट २२ गते पुनः बैठक आह्वान गरियो र पुनः सल्लाह नगरी बैठक राखेको भन्दै एमाले रोकिदिएपछि संसद् बैठक नै अनिश्चित बन्यो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको संवादपछि मुख्यमन्त्री सोडारी विश्वासको मत लिने तयारीमा लागेको बताइएको छ । एकीकृत समाजवादी सुदूरपश्चिम संसदीय दलको उपनेता प्रकाश रावलले शीर्ष नेताहरू एमाले अध्यक्ष केपी शर्मा ओली, प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादी का अध्यक्ष माधव नेपालबिचको छलफलपछि प्रधानमन्त्रीज्यूले मुख्यमन्त्रीज्यूलाई जेठ ३ गते विश्वासको मत लिन तयारी गर्न निर्देशन दिएको र सोही अनुसार तयारी भइरहेको बताए ।

तर नेकपा एमालेको सुदूरपश्चिम संसदीय दलको उपनेता सन्तोष कुमारी शर्मा थापाले जेठ ३ गते विश्वासको मत लिनेबारे आफूहरूबिच कुनै छलफल नभएको बताइन् ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.