एसपीएका उप–प्राध्यापक ओझाले रचे इतिहास

अत्तरिया : त्रिभुवन विश्वविद्यालय (त्रिवि) को इतिहासमा सर्वाधिक अङ्क ल्याउँदै सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए कलेज) का उप–प्राध्यापक दीपकराज ओझाले इतिहास रचेका छन् ।
ओझा त्रिवि भौतिक शास्त्र संकाय, स्नातकोत्तर तहमा इतिहासकै सर्वाधिक ४.० ग्रेड प्राप्त गर्ने दोस्रो विद्यार्थी बन्दै इतिहास रच्न सफल भएका हुन् ।
उक्त उपलब्धि हासिल गरे बाफत ओझाले प्रा.डा. केदारनाथ खनाल स्मृति भौतिक विज्ञान पुरस्कार २०८० समेत प्राप्त गरेका छन् । जुन पुरस्कार त्रिवि अन्तरगतको भौतिक शास्त्र संकायको स्नातकोत्तर तहमा सर्वाधिक अङ्क प्राप्त गर्ने विद्यार्थी लाई प्रदान गरिन्छ ।
ओझाले उक्त इतिहास रच्दै सम्मान ग्रहण गरेपछि खुसी व्यक्त गर्दै सफलताको श्रेय गुरुहरू, आमा, बुवा एवं परिवारलाई दिएका छन् । सन २०२१ मा पास आउट भए पनि ओझालाई २०२४ मा सम्मानित गरिएको हो । ‘म ओझा सर लाई बधाई दिन चाहन्छु । एसपीए कलेज आफ्ना विद्यार्थीलाई गुणस्तरीय शिक्षा दिन प्रतिबद्ध छ । हामी सँग गोल्डमेडलीष्ट दक्ष अनुभवी शिक्षक भएका कारणले पनि विद्यार्थीहरुले गुणस्तरीय शिक्षा पाउनेमा दुई मत छैन । हामी सँग विज्ञ, दक्ष जनशक्ति र प्रविधि छ भनेर दाबी गरेका होइनौँ । काम गरेर नतिजा देखाउँछौँ ।’ क्याम्पस प्रमुख योगराज उपाध्यायले भने ।
विगत डेढ दशक देखि विज्ञान संकाय अध्यापन गराउँदै आइरहेको एसपीए कलेज सुदूरपश्चिमको पहिलो आइटी बेसड कलेज हो । यहाँ अध्ययन गरेका सयौँ विद्यार्थिहरुले एमबिबिएस, बिडीएस लगायतका विधामा पूर्ण छात्रवृत्ति प्राप्त गर्न सफल भएका छन् ।
साथै, सहकर्मी ओझाले हासिल गरेको शैक्षिक उपलब्धिले आफू र क्याम्पस परिवार लाई गौरवान्वित बनाएको क्याम्पस प्रमुख उपाध्यायको भनाई छ । एसपिए कलेजका उप(प्राध्यापकले सर्वाधिक अङ्क पाउँदै हासिल गरेको उपलब्धिमा कलेज परिवारले पनी खुसी व्यक्त गरेको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.