अत्तरिया : कैलालीको गोदावरीबाट चोरी मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन्। जिल्ला अदालत कैलालीको फैसलाले चोरी मुद्दामा १४ हजार ६०२ जरिवाना ठहर भई फरार रहेका गोदावरी नगरपालिका-१ बस्ने ४० वर्षीय रविन्द्र सोव पक्राउ परेका हुन्। सोवलाई आइतवार इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलीले उनकै घरबाट पक्राउ गरेको जनाएको छ।