Agni Offset Press

थप व्यवस्थित गरिदैँ अत्तरिया बसपार्क

Aarati simant

अत्तरिया : कैलालीको गोदावरी नगरपालिकाको अत्तरिया बसपार्कलाई थप व्यवस्थित गर्न सुरुवात गरेको छ । अत्तरिया पहाड रोडसंगै जोडिएको बसपार्क लाई व्यवस्थित गरिन थालेको हो । बसपार्क भन्दा उत्तर तर्फ ट्राफिक बिटको पछाडी दुर्गालक्ष्मी सामुदायिक वनको खाली जग्गामा भरान गर्ने कार्य भईरहेको छ ।

पछिल्लो समयमा नेपाली सेनाले बसपार्कको अधिकासं भाग आफ्नो नाममा पर्ने भन्दै आएकोले र नगरको तर्फबाट यसलाई साबधान गरी दिर्घकालिन रुपमा बसपार्कलाई डिपिआरको योजना अनुरप प्रदेश राजधानीको शहरमा रहेको अत्तरिया बजारको क्षेत्रको बसपार्क निर्माणको लागि जमिन बिस्तारको कार्य अगाडि बढेको छ ।

गोदावरी नगरपालिकाका नगर प्रमुख बिरेन्द्र भट्टले अहिले बसपार्क बिस्तारको आफ्नै स्रोत र साधनले भ्याएसम्म काम अगाडि बढाएको र भविश्यमा वृहत डिपिआर अनुसार काम अगाडि बढाउनका लागि ठाउँ बिस्तार गरिएको जानकारी दिए । अहिलेको काममा सडक क्षेउमा रहेको खाली जमिनमा बसपार्क बिस्तार गरेको र आगामी दिनमा यस क्षेत्रमा ब्यवस्थित रुपमा ब्यापारिक प्रयोजनका लागि कमपेल्स सहितको योजना अगाडि बढाएको उनले जानकारी दिए ।

नगरपालिकाले बसपार्क आफ्नो मातहतमा ल्याउन तेघरी स्थित नेपाली सेना र काठमाण्डौंमा उच्च तहमा छलफल गर्दै आएको भए पनि निकास भने निस्किन सकेको छैन । नगरपालिकाका नगर प्रमुख भट्टले सेनालाई बसपार्क क्षेत्र छोडेर सट्टामा अर्को ठाउँमा दिने प्रस्ताव पेस गरेको भए पनि सेनाबाट ठोस निर्णय नआएको बताए । उनले बसपार्क लगायतको क्षेत्र फिर्ता लिने विषयमा समय समयमा छलफल भने जारी नै रहेको बताए । नगरपालिकाले सेनाको नाममा रहेको अत्तरिया बसपार्क सहित साढे १७ हेक्टर जग्गाको साटो सेनाको ब्यारेक सँगै जोडिएको २० हेक्टर जग्गा दिने प्रस्ताव पेस गरेको थियो ।

एक दशकदेखि सेनाले दाबी गरेको जग्गामा बसपार्क मात्रै नभएर अन्य निजी तथा सार्वजनिक संरचना निर्माण भएका छन् । निजी संरचना निर्माण हुँदा पनि सेना मौन बसेको थियो । स्थानीयले भने २०३६ सालदेखि बसेकाले सेनाले राजा ज्ञानेन्द्रको शाही सैनिक कालमा सो क्षेत्र एकलौटी आफ्नो नाममा गरेको बताउँदै आएका छन् ।
२०६८–६९ सालमा बस बिसौनी र छेउमै फोहोर डंगुरले भरिएको खाल्डोबाट अत्तरिया बसपार्कमा परिणत गरेको थियो । तत्कालिन बसपार्क समितीका अध्यक्ष गोकर्ण भट्टले बनको जग्गामा बिबाद हुने हुँदा बस बैसौनीको नामबाट निर्माण शुरु गरिएको बताए थिए ।
सुदूरपश्चिमका नौ जिल्लाको जक्सनको रूपमा रहेको अत्तरियामा सवारी साधनको चाप बढ्न थालेपछि अत्तरियाको पहाड रोडमा दुर्गालक्ष्मी सामुदायिक वनको खालि क्षेत्रमा ग्राभेल भरान गरेर बसपार्क निर्माण गरिएको थियो ।
ग्राभेल मात्रै बिछ्याइको बसपार्कलाई नगरपालिकाले कालोपत्रे सहित स्तरोन्नति गर्ने योजना अघि सारेको भए पनि सेनाले अवरोध गरेको जनाउँदै आएको छ । चालु आर्थिक वर्षमा पनि बसपार्क मर्मतको लागि १० लाख विनियोजन गरेकोमा सेनाले काम रोकेको नगरपालिकाको दावी छ ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.