Agni Offset Press

दुर्गालक्ष्मी विद्यालयमा ‘पुस्तकरहित शुक्रबार’ कार्यक्रम

Aarati simant

अत्तरिया : पछिल्लो समय शिक्षा व्यवहोरिक भएन भन्ने विभिन्न ठाउँमा वहस हुने गरेको छ । शिक्षालाई व्यवहोरिक बनाउने विभिन्न विद्यालयले अनेक अभ्यास गरिरहेका छन् ।
कैलालीको गोदावरी नगरपालिका–२ अत्तरियामा रहेको दुर्गालक्ष्मी नमुना माध्यमिक विद्यालयले व्यवहोरिक शिक्षा तथा विद्यार्थीहरुलाई मनोरञ्जन दिने उदेश्यका साथ ‘पुस्तकरहित शुक्रबार’ कार्यक्रम लागू गरेको छ ।
विद्यालयमा अध्ययनरत बालबालिकालाई अतिरिक्त क्रियाकलाप तथा जीवनउपयोगी ज्ञान र कलातर्फ आकर्षित गर्न विद्यालयमा ‘पुस्तकरहित शुक्रबार’ को निति लिइएकोे विद्यालयका प्रधानाध्यापक शिवराज जोशीले बताए । सो कार्यक्रम अन्तरगत हरेक हप्ताको शुक्रबार अध्ययन अध्यापनबाहेक सिपमुलक कार्यक्रम अतिरिक्त क्रियाकलाप तथा जीवनउपयोगी ज्ञान सम्बन्धी कार्यक्रमको आयोजना गरिने जोशीले बताए ।
जस अन्तरगत घर, शौचालय, सार्वजनिक स्थल आदी सर–सफाई गर्ने दुनाटपरी बनाउने, खेलौना निर्माण गर्ने, वाइरिगं गर्ने लगायतका कामहरु समावेश गरिने उनले उल्लेख गरे । कक्षा १ देखि १० सम्मका बालबालिकालाई रुचि र क्षमता अनुसार कार्यक्रममा सहभागि गराईनेछ । यो कार्यक्रमले बालबालिकालाई जीवनउपयोगी कुराहरु सिक्न सहयोग पुग्ने जोशीको भनाई छ ।
‘बालबालिकाहरुले विद्यालयको परीक्षामा ए प्लस ल्याएको छ, तर, आफु सुतेको विस्तरा सफा गर्दैन, मिलाउँदैन, आफ्नो शौचालय सफा गर्दैन, घरका सामान्य कामहरु समेत गर्न आउँदैन भने त्यो ए प्लसले के गर्ने ?’ उनले भने, । ‘हामीले विद्यार्थीहरुलाई यस्तै जीवनउपयोगी कामहरु गर्न प्रेरित गर्ने उदेश्यले यो कार्यक्रम लागू गरेको हो ।’
‘हामीले सिकाउन सक्ने कामहरु हामी सिकाउँछौ र नसक्ने कामहरुका लागि अतिथिहरु बोलाएर सिकाउन लगाँउछौ’ जोशीले भने । विद्यालयमा शिक्षण सिकाई क्रियाकलाप अधिक गर्ने प्रयास गरिरहेको जोशीले बताए । विद्यालयमा विद्यार्थी संख्या अधिक र जनशत्ति सो बमोजिम अभाव हुँदा केहि असहता भने सिर्जना हुने आँकलन गरिएको छ । विद्यालयमा हाल कक्षा १० सम्म एक हजार आठ सय जना बालबालिका अध्ययनरत रहेका छन् ।
‘पुस्तकरहित शुक्रबार’ अन्तरगत विद्यालयमा शुक्रबार आयोजना गरिने विभिन्न अतिरिक्त कार्यक्रमले विद्यार्थीको वास्तविक जीवनमा परिवर्तन ल्याउने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेश शाहले बताए । कक्षा शिक्षकको कार्ययोजना अनुसार ‘पुस्तकरहित शुक्रबार’ लागू गरिने शाहले बताए । उत्त कार्यक्रम अन्तरगत गत हप्ता प्रकृतिसंग विद्यार्थी कार्यक्रमको आयोजना गरिसकेको समेत शाहले बताए । ‘पुस्तकरहित शुक्रबार’ कार्यक्रमले विद्यार्थीमा सिर्जनशिलताको विकास गर्नुका साथै केहि गर्ने मानसिकता जागृत हुने शाहको भनाई छ ।
विद्यार्थीलाई शैक्षिक ज्ञानमात्र नभई सीपमूलक ज्ञानको पनि आवश्यकता रहेकाले विद्यालयमा व्यवहोरिक शिक्षा दिन थालिएको शाहले बताए । मौलिकता हराउँदै गईरहेको अवस्थामा समेत हरेक शुक्रबार आयोजना हुने फरक–फरक कार्यक्रम सांस्कृतिक हिसाबले पनि फाइदाजनक हुने शाहले बताए ।
अहिलेको युगमा बालबालिकालाई शैक्षिक ज्ञानमा मात्रै ध्यान दिनुभन्दा पनि विद्यार्थीको रुचि र उनीहरुको क्षमता अनुसार दैनिक रुपमा प्रयोगमा आउने सामग्रीलाई राम्रोसँग पहिचान गराई बनाउन पनि सिकाउने उनले बताए । विद्यालयमा विद्यार्थीलाई शैक्षिक ज्ञानसँगै अन्य विविध क्रियाकलापमा समावेश गराउँदा विद्यार्थी स्वंयमले आफूभित्र भएका प्रतिभालाई उजागर गर्ने अवसर पाउने विश्वास गरिएको छ । विद्यालय आफैले विमोचन गरेकोे भित्तेपात्रोमा पनि उत्त कार्यक्रमलाई समेटिएको छ ।

प्राथमिक उपचार कक्ष स्थापना

दुर्गालक्ष्मी नमूना माविमा प्राथमिक उपचार कक्ष स्थापना गरिएको छ । मंगलबार विद्यालयमा आयोजना गरिएको विद्यालयको शैक्षिक कार्यपात्रो सार्वजनिकीकरण समारोहका बिच नगरप्रमुख विरेन्द्र भट्टले प्राथमिक उपचार कक्षको उद्घाटन गरे ।
प्राथमिक उपचार कक्षको उद्घाटन गर्दैै भट्टले हाल नगरमा एक विद्यालय एक नर्स कार्यक्रम सञ्चालन गर्न चाहेको भएपनि आर्थिक मन्दीका कारण सम्भव नभएको बताए । उनले हाल एक वडा एक नर्स कार्यक्रम भने नगरमा सञ्चालन भएकाले सोही अनुसार काम गर्न कर्मचारीलाई निर्देशन दिए ।
स्टाप नर्स हेमा श्रेष्ठले विद्यालयमा स्थापना गरिएको प्राथमिक उपचार कक्षबाट बालबालिकालाई परामर्श, विद्यालयमा अचानक विरामी भएका विद्यार्थीको उपचार, चोटपटक लागेको प्राथमिक उपचार गरिने बताइन् ।
कार्यक्रममा विद्यालयले एक शैक्षिक सत्र भित्र गर्ने कामको शैक्षिक कार्यपात्रो सार्वजनिक गरिएको थियो । कार्यक्रममा विद्यालयका अध्यक्ष गणेश शाहले विद्यालयले शैक्षिक कार्यपात्रो अनुसार नै विद्यालयमा पठनपाठन लगायतका क्रियाकलाप सञ्चालन गर्ने बताए ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.