Agni Offset Press

सुदूरपश्चिममा सशस्त्रका नयाँ डीआइजीले आज कार्यभार सम्हाल्ने

Aarati simant

अत्तरिया : सुदूरपश्चिममा सशस्त्रका नयाँ डीआइजीले आज बुधबारदेखि कार्यभार सम्हाल्ने भएका छन् । हालै सरुवा भएका नयाँ डीआइजी दिपक अधिकारी सुदूरपश्चिम आइपुगेका हुन् । मंगलबार सुदूरपश्चिम प्रदेश अन्तर्गत सशस्त्र प्रहरी बल ७ नम्बर बैद्यनाथ बाहिनी अत्तरिया, कैलालीमा हाजिर भएको जनाएको छ । उनको बाहिनी लगायतका स्थानमा स्वागत कार्यक्रम जारी छ ।
यस्तै यहाँबाट सरुवा भई गएका सशस्त्र प्रहरी नायव महानिरीक्षक कुमार न्यौपानेको विदाई गरिएको छ । मंगलबारमात्रै नेपाल प्रहरीको प्रदेशस्थित धनगढीको मुख्यालयमा प्रहरीका डीआइजी, राष्ट्रिय अनुसन्धान विभागका डीआइजी लगायतले उनीहरूको स्वागत र विदाई गरेका थिए ।
यस अघि सशस्त्र प्रहरी बल नेपालका सुदूरपश्चिम प्रदेशका प्रमुख डीआइजी न्यौपाने र एसएसपी रमेश कुमार पाण्डेको सरुवा भएको थियो । गत (मंगलवार) गृहमन्त्रालयले डीआइजी न्यौपाने र एसएसपी पाण्डेको सरुवा गरेको हो । अहिले न्यौपानेको स्थानमा डीआइजी दिपक अधिकारीलाई पठाइएको हो । उनी सशस्त्र प्रहरी बल नेपालको ५ नम्बर विन्ध्यावासिनी वाहिनी मुख्यालय रुपन्देहीबाट सरुवा भएर आएका हुन् । यस्तै एसएसपी पाण्डेको स्थानमा भने उद्धवबहादुर न्यौपाने आउने भएका छन् । उनी सशस्त्रको पर्वतीय उद्धार तालिम शिक्षालय मनाङबाट आउन लागेका हुन् ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.