Agni Offset Press

 कालिज व्यवसायी धारासायी बन्दै

Aarati simant

अत्तरिया : कैलालीको चुरे गाउँपालिका,५ निङलाडीका सुरेन्द्रबहादुर खडायत विगत २ वर्षदेखि व्यवसायिक कालिज पालनमा लागेका छन् । उनले करिब २२ रोपनी जग्गामा कालिज फर्म सञ्चालन गरेका छन् । ग्लोवल वाइल्ड फार्मिङ्ग एग्रो फरेष्टि प्रालि नामक फार्म दर्ता गरेर कालिज पालनमा लागेका खडायतले हाल फर्ममा चार सय वटा बयस्क कालिज रहेको बताए ।
हाल दैनिक ८० देखि एक सयको हाराहारीमा अण्डा उत्पादन भइरहेको उनले बताए । उनले भने, एक पोथी कालिजले मासिक ४० देखि ६० अण्डा दिन्छ । फर्ममा चल्ला पनि उत्पादन हुन्छन् । यस वर्ष दुई हजार पाँच सय चल्ला उत्पादन गर्ने योजना छ ।
पोथी कालिजलाई दुई हजार,भाले कालिजलाई दुई हजार पाँच सय र अण्डा प्रतिगोटा रु २५ मा बिक्री गर्ने गरेको उनको भनाइ छ ।
तर बजारमा भएको आर्थिक मन्दीका कारण व्यवसाय धारासायी बन्दै गएको उनले बताए । उनले भने सुरुसुरुमा व्यवसाय राम्रै थियो अहिले कारोबार घट्दै गएको छ । वार्षिक ४ लाख सम्म आम्दानी हुन्छ । त्यसले अरु चल्ला हुर्काउन पनि पैसा पुग्दैन् । वर्षभरीमा कालिजले खाएको चारोको पैसा पनि असुल हुँदैन् ।

प्राकृतिक विपत्ती,चितुवाको आक्रमणले पनि समस्या गर्ने गरेको छ । गत वर्षमात्रै १४ सय कालिज मरे त्यसबाट पनि ठूलै घाटा भयो । हरेक बर्ष ५ हजार कालिज पुर्याउने लक्ष्य थियो । बजार पनि भएन्,बजार सानो छ । उनले भने कालिज महंगो पनि हुन्छ । सबै मान्छेले किनेर पनि खाँदैनन् । यसको महत्व बुझ्नेले मात्रै खान्छन् । उत्पादन बढाएर के गर्ने बिक्री हुँदैन् । उनले भने,जे होस व्यवसायबाट स्वरोजगार बनिएको छ । यसैमा सन्तुष्ट छु । सरकारले कालिज पालन गर्ने व्यवसायीलाई बल पुग्ने नीति ल्याउन आवश्यक छ । उनले भने, त्यो गर्दा व्यवसायी पनि बढ्छन् । सस्तोमा पनि उत्पादन हुन्छ ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.