खप्तडमा रक्तदान कार्यक्रमको आयोजना

डोटी : ऐतिहासिक पर्यटकीय स्थल खप्तडमा शनिवार रक्तदान कार्यक्रमको आयोजना गरिएको छ। नेपाल स्वयंसेवी रक्तदाता समाजले पहिलो पटक खप्तडमा रक्तदान कार्यक्रमको आयोजना गरेको हो। स्वस्थ व्यक्तिले जुनसुकै ठाउामा रक्तदान गर्न सक्छ भन्ने सन्देश दिनका लागि खप्तडमा कार्यक्रमको आयोजना गरिएको समाजका केन्द्रीय अध्यक्ष एवं सय पटक रक्तदान गरेका प्रेमसागर कर्माचार्यले बताए।

खप्तडमा चार जनाले नेपालमै पहिलो पटक ३२ सय मिटरको उचाई रक्तदान गरेका छन्। कार्यक्रममा समाजका केन्द्रीय सदस्यहरु गोविन्द वाग्ले, प्रेम लम्साल र विमल भित्रकोटी तथा शिखर नगरपालिकाका पूर्व नगरप्रमुख सिताराम जीशीले रक्तदान गरेका थिए।
कार्यक्रमका कांग्रेस डोटीका सभापति नरेन्द्रबहादुर सिंहले ऐतिहासिक खप्तड क्षेत्रमा रक्तदान जस्तो पावन कार्यक्रम गरेर सुदूरपश्चिमको पर्यटन प्रबर्द्धनमा सहयोग पुग्ने बताए।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.