अत्तरिया मोबाईल व्यवसायी संघको अध्यक्षमा : मोक्तान

अत्तरिया, ६ जेठ : अत्तरिया मोबाईल व्यवसायी संघको नया कार्य समिति चयन गरिएको छ । मोबाईल व्यवसायी संघ सुदूरपश्चिम प्रदेशका उपाध्यक्ष गंगाप्रसाद निरौलाको अध्यक्षतामा शनिबार बसेको बैठकबाट नेत्रबहादुर मोक्तानको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरिएको हो ।
समितिको उपाध्यक्षमा टिकाराम अधिकारी, महासचिवमा रमेश कँडेल, सचिवमा सोमप्रसाद सापकोटा र कोषाध्यक्षमा हंशराज तिवारी चयन भएका छन् । यस्तै सदस्यहरुमा सुर्य खत्री, भक्तबहादुर बोहरा रहेका छन् भने सल्लाहकारमा गंगाप्रसाद निरौला, गणेश बोगटी र चन्द्रसिंह धामी रहेका छन् ।
यस्तै बैशाख २९ गते मोबाईल व्यवसायी संघ नेपालले सुदूरपश्चिम प्रदेशको नयाँ कार्य समिति गठन गरेकोे थियो । उक्त समितिमा अत्तरिया मोबाईल व्यवसायी संघबाट प्रथम उपाध्यक्षमा गंगाप्रसाद निरौला, सदस्यमा गणेश बोगटी र चन्द्रसिंह धामी गरी तीन जना चयन भएका छन् । यस्तै अत्तरिया मोबाईल व्यवसायी संघबाट जिल्लामा उपाध्यक्षमा सन्तोश कुमार भट्ट, सह कोषध्यक्षमा देवसिंह विक, सदस्यमा प्रताव बम र सल्लाहकार सदस्यमा नेत्रबहादुर मोक्तान चयन भएका छन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.