सिएलसि अत्तरियाद्वारा गोदावरी गुरुकुलका बटुकहरुलाई शैक्षिक सामग्री वितरण

अत्तरिया : कैलालीको अत्तरियामा रहेको अत्तरिया सामुदायिक सिकाई केन्द्र (सिएलसि) ले गोदावरी नगरपालिका वडा नम्बर ४ गोदावरी धाममा रहेको गुरुकुल संस्कृत विद्यापीठका बटुकहरु (विद्यार्थी) लाई पुस्तक तथा शैक्षिक सामग्री वितरण गरेको छ ।

आइतबार एक कार्यक्रमकाबिच सिएलसि अत्तरियाले गुरुकुल विद्यापीठका ३० जना बटुकहरुलाई पुस्तक तथा शैक्षिक सामग्री वितरण गरेको हो । भर्ना अभियान २०८१ अन्तरगत सँस्थाको निजी स्रोतबाट कापी,कलम र किताब गरि ६५ हजार रुपैँया बराबरको शैक्षिक सामग्री वितरण गरिएको सिएलसि अत्तरियाका अध्यक्ष टिकादत्त जोशीले बताएका छन् । गोदावरी धामद्वारा सञ्चालित गुरुकुलमा हाल ३० जना बटुकहरु अध्यन गर्दै आईरहेका छन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.