अत्तरियामा एसइई फुटबल कप सुरु

अत्तरिया, ७ जेठ : कैलालीको गोदावरी नगरपालिका अत्तरिया सोमबारदेखि एसइई फुटबल कप २०८१ सुरु भएको छ । त्रिनयन नेपाल र मानाङ्क फाउन्डेसन नेपालको आयोजना र अत्तरिया टेक्निकल कलेजको सह आयोजनामा आज देखि सुरु भएको प्रतियोगिता १५ गते मनोयन हुने त्रिनयन नेपालका अध्यक्ष जय धामीले बताएका छन ।
प्रतियोगिताको उदघाटनका लागि खेल मैदान पुगेका गोदावरी नगरपालिका वडा न. १ का वडा अध्यक्ष तथा नगर प्रबक्ता गोपाल दत्त भट्टले खेल जगत मान्छेलाई विश्व सामु चिनाउन सफल भएका छन, राष्ट्र र आफ्नो स्वास्थका लागि खेलकुदलाई प्राथमिकता दिएर खेल खेल्न आग्रह समेत गरेका छन ।
प्रतियोगितामा एसइई सम्मका विद्यार्थी सहभागी हुने आयोजक त्रिनयन नेपालका अध्यक्ष जय धामीले बताए । उनले प्रतियोगितामा २२ वटा टिमको सहभागिता रहने बताए । प्रतियोगिता समयको सही सदुपयोग गराउन युवाहरूलाई कुलतबाट जोगाउन, स्थानीय स्तरमा रहेका खेलप्रेमि युवाहरूलाई प्रोत्साहनका साथै उनीहरूको व्यक्तित्व विकास, नेतृत्व विकास गराउने उद्देश्यले आयोजना गर्न लागिएको उनले बताए ।

प्रतियोगितामा प्रथम पुरस्कार ३० हजार ३०, द्वितिय पुरस्कार २० हजार २० र उत्कृष्ट गोलकर्ता र गोलकिपरलाई ३÷३ हजारका दरले पुरस्कार दिइने जनाइएको छ । प्रतियोगिता आयोजनाका लागि एभरेष्ट एकेडेमी, डिएमसी होटेल म्यानेजमेन्ट लगायतका विभिन्न संघसस्थाहरु सँग सहकार्य गरिएको आयोजकले जनाएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.