अत्तरिया, ७ जेठ : कैलालीको गोदावरी नगरपालिका वडा न. १० को खमौरा शिविरको गवसी घटेश्वर सामुदायिक वनमा निर्माणमा अधुरो रहेको खाल्डो पारीएको भागको केही ठाउँमा एकिकृत माछा पोखरी निर्माणको कार्य सुरु भएको छ ।
साझेदारी संस्था युएसएआइडि नेपालद्वारा दलित, विपन्न, जनजाती आयस्रोत कम भएका ६० परिवारलाई यस क्षेत्रमा माछा पालन पोखरीमा जिम्मेवारि दिने गरी काम अगाडि बढाएको हो ।
ठुलो क्षेत्र ओगटेको पोखरी मध्ये पहिलो चरणमा युएसआईडी नेपालले ६५ मिटर लामो र ४६ मिटर चौडा हुने गरी २ ओटा पानी पोखरी खाल्डोको लागि सोमबारबाट काम सुरु गरेको छ । पानीको ब्यावस्थापनका लागि पोखरी नजिकै बोरिङको ब्यावस्थापन गर्दै गरेको जानकारी रूपान्तरण नेपालका फिल्ड संयोजक बमबहादुर ओलीले जानकारी दिए ।
यस पोखरीको चारै तिरको भागमा काडेतार, बृक्षारोपण सँगै एकीकृत माछा पालन कार्यक्रम, तरकारी खेती, घाँस खेती, हासको पालन लगायतका योजना अगाडि बढाउने तयारि रहेको जनाएका छन ।
कार्यक्रमको उद्घाटन गोदावरी नगरपालिका बडा न. १ का वडा अध्यक्ष तथा नगर प्रबक्ता गोपालदत्त भट्टले गरेका हुन । उनले पोखरील निर्माणले स्थानीयहरुको जीवनस्तर उकास्न सहयोग पुग्ने बताए ।
सम्बन्धित पाेस्टहरु