Agni Offset Press

छोरीको जन्मदिनमा विपन्न विद्यार्थीलाई स्टेश्नरी सामग्री वितरण

Aarati simant

अत्तरिया, ९ जेठ : बाजुरा खप्तड छेडेदह गाउँपालिका–१ काँडा बाहुनगाउँका समाजसेवी एवं व्यवसायी चित्रराज जोशीले छोरीको जन्मदिनमा विपन्न विद्यार्थीहरुलाई स्टेश्नरी वितरण गरेका छन् ।
पछिल्लो समय जन्मदिनका नाममा विभिन्न व्यक्तिहरु फजुल खर्च गरिरहेको हुन्छन् । उनले छोरी प्रिंका जोशीको १३ जन्मउत्सवको अवसरमा खप्तड छेडेदह गाउँपालिका–१ मा रहेको काँडा माध्यामिक विद्यालय र दुर्गा आधारभूत विद्यालयमा अध्ययनरत विपन्न विद्यार्थीहरुलाई स्टेश्नरी सामग्री कटर, इलेजर, प्यान्सिल र कापी दिएका हुन् । ‘विभिन्न व्यक्तिहरु जन्मदिनका नाममा रक्सी र मासुका खर्च गरिरहेका हुन्छन’, चित्र जोशीले भने । ‘आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरुलाई थोरै भए पनि राहत पुगोस् भनेर स्टेश्नरी दिएको हो ।’ ४० जना विद्यार्थीलाई स्टेश्नरी दिएको उनले जानकारी दिए ।
उनले अरुलाई पनि जन्मदिनका नाममा अनावश्यक खर्च नगर्न आग्रह गरेका छन् । उनको छोरी धनगढीमा कक्षा ८ मा अध्ययनरत रहेकी छन् ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.