Agni Offset Press

लक्ष्मी लघुवित्त वित्तीयद्वारा मृत्यु भएका सदस्यको परिवारलाई बीमा वापतको रकम हस्तान्तरण

Aarati simant

अत्तरिया, ९ जेठ : बझाङ जयपृथ्वी नगरपालिका–१० चैनपुरमा रहेको लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले मृत्यु भएका सदस्यको परिवारलाई बीमा बापतको रकम हस्तान्तरण गरेको छ ।
मंगलबार संस्थाले जिल्लाको जय पृथ्वी नगरपालिका–९ की मृतक सदस्य दुर्गा माया मगरका श्रीमान भक्तबहादुर मगरलाई ६ लाख ५० हजार रकमको चेक हस्तान्तरण गरेको हो ।
कार्यक्रममा संस्थाको शाखा प्रबन्धक सुमन रानाले समाजमा लघुवित्त संस्थाका विषयमा गलत प्रचार भईरहेपनि वास्तवमा यस्ता संस्थाहरुले समुदायस्तरमा धेरै सहुलियत पुर्याउँदै आएको बताउँदै वित्तीय क्षेत्रको सुधार, वित्तीय अनुशासन, कर्जा सदुपयोग, बचतको महत्व तथा आवश्यकता, प्रविधीमैत्री पारदर्शी कारोबार, कर्जा बिमाको महत्व र बैंकिङ प्रणाली जस्ता विभिन्न वित्तीय ज्ञानहरुको बारेमा जानकारी गराईएको थियो ।
संस्थाको कर्मचारीले मृतक परिवारको घरसम्म पुगेर सहयोग रकम हस्तान्तरण गरेकोमा संस्थाप्रति मृतकको परिवार र केन्द्रका सदस्यहरूले धन्यवाद दिएका थिए । संस्थाको चैनपुर शाखामा आवद्ध ७ जना ऋणी सदस्यको मृत्यु भएको र ४४ लाख रकम भुक्तानी गरेको संस्थाका शाखा प्रबन्धक सुमन रानाले जानकारी दिए ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.