अत्तरिया, १० जेठ : क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको सुदूरपश्चिम प्रदेश संगठन समिति गठन गरेको छ । प्रदेशको एकता अधिवेशनले एक सय ९ जनाको समिति गठन गरेको बिहिबार धनगढीमा पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । रामबहादुर थारुको संयोजकमा समिति गठन गरेको हो । समितिको सह–संयोजकमा रामबहादुर केसी रहेका छन् । बैशाख ९ गते सुदूरपश्चिममा एकता अधिवेशन सम्पन्न भएको थियो ।
नेपाल क्रान्तिकारी (माओवादी), नेकपा मशाल, नेकपा वहुमत पार्टी एकता भएर बनेको क्रान्तिकारी कम्युनिष्ट पार्टी हो । केन्द्रमा एकता अधिवेशनपछि देशभरका सात वटै प्रदेश कमिटिहरु गठन गरेको जनाएको छ । बिहिबार अधिवेशनपछि सुदूरपश्चिम प्रदेश संगठन संयोजक रामबहादुर थारुले पार्टीले कम्युनिष्टहरु एक हुने उदेश्यका साथ एकता अभियान थालेको बताए । उनले अहिलेकै व्यवस्थाले देशले निकास नपाउने दावी गरे । पत्रकार सम्मेलनमा पार्टीको केन्द्रिय सह–संयोजक सन्तबहादुर नेपाली, कार्यालय सदस्य गुणराज लोहनी र सुदूरपश्चिम प्रदेश संयोजक लालबहादुर जाग्री लगायत नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
सम्बन्धित पाेस्टहरु