गणतन्त्र दिवसमा तरुण दल गोदावरीले रक्तदान कार्यक्रम आयोजना गर्दै

अत्तरिया : नेपाल तरुण दल गोदावरी नगर कार्यसमितिले रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ । भोली (मंगलबार) गणतन्त्र दिवसको अवसर पारी रक्तदान कार्यक्रम आयोजना गर्न लागिएको नेपाल तरुण दल गोदावरी नगरकार्यसमितिका सभापति रमेश भट्टराईले जानकारी दिए । उनले रगत अभाव हुने समस्यालाई मध्यनजर गर्दै कार्यक्रमको आयोजना गर्न लागिएको बताए ।
उनले रक्तदानलाई जीवनदानको रुपमा समेत लिईने भएकाले सबैले कार्यक्रममा सहभागि भएर रक्तदान गरिदिन उनले अनुरोध गरेका छन् । कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी धनगढीको सहकार्य रहने जनाएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.