अत्तरिया जेसिजद्वारा किशोरीसंग स्वास्थ सम्बन्धि जनचेतनामुलक कार्यक्रम

अत्तरिया, १४ जेठ : गोदावरी नगरपालिका अत्तरियामा रहेको जनकल्याण सेकेन्डेरी स्कुल तेघरीमा अध्ययनरत किशोरीलाई स्वास्थ सम्बन्धि जनचेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ । अत्तरिया जेसिजको आयोजनामा कार्यक्रम भएको हो ।
उक्त कार्यक्रममा प्रमुख अतिथि जनकल्याण सेकेन्डेरीका प्रधानाध्यापक योगेन्द्र हमालले किशोर अवस्थामै स्वास्थ बारे ज्ञान दिने तालिम संचालन हुनु सकारात्मक पक्ष रहेको बताए । साथै, उनले किशोर अवस्थामा स्वास्थ बारे जनचेतना अभिबृद्दी गर्दा स्वास्थ समस्याहरु समाधान हुने बताए ।
समाजमा ब्याप्त रहेको हानिकारक प्रचलन अन्त्य अभियान तथा किशोरी, महिलाहरुलाई जानकारी उपयोगीमुलक र सन्देशमुलक कार्य गर्दै अत्तरिया जेसिज आएको आगामी दिनहरुमा थप कार्यक्रम आयोजना गर्ने जेसिस अत्तरियाका खेलकुद संयोजक हेमन्तराज जोशी (बाजे) ले बताए ।
जेसिजका अध्यक्ष प्रकाश मल्लको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको संचालन महासचिव जेसि बमबहादुर बोगटीले गरेका हुन । कार्यक्रममा स्वागत मन्तव्य मान ऐरले गरेका हुन ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.