अत्तरिया : नेपाल तरुण दल गोदावरी नगर कार्यसमितिले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । मंगलबार अत्तरिया स्थित रेडक्रसको भवनमा गोदावरी नगर कार्यसमिति तरुण दलको आयोजनामा रक्तदान कार्यक्रम आयोजना गरेको हो । गर्मीको समयमा रगत अभाव भईरहेको वेला दलण दलले रक्तदानको आयोजना गरेको जनाएको छ । रक्तदान कार्यक्रममा ४६ पिन्ट रगत संकलन भएको छ ।
नेपाल तरुण दल गोदावरी नगर कार्यसमिति सभापति रमेश भट्टराईले रक्तदान आयोजनाबाट ४६ पिन्ट रगत संकलन भएको जानकारी दिए ।
उनले १७ औं गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरिएको जानकारी दिए । रगत अभाव हुने समस्यालाई मध्यनजर गर्दै रक्तदानलाई जीवनदानको रुपमा समेत लिईने भएकोले कार्यक्रमको आयोजना गरिएको उनले बताए । कार्यक्रममा नगर प्रमुख वीरेन्द्र भट्ट, क्षेत्रीय सभापति वसन्त रोकाया (ललित), नगर सभापति दीर्घराज फुलारा, तरुण दल केन्द्रीय सदस्य तेज खड्का लगायतका व्यक्तित्वहरुको सहभागिता रहेको थियो । कार्यक्रममा रक्तदान दाता दिपक उपाध्याय र शेरसिंह खड्कालाई सम्मान समेत गरिएको थियो । यस्तै रक्तदान कार्यक्रम सञ्चालन नेपाल विद्यार्थी संघ केन्द्रीय सदस्य टेक राज अवस्थीले गरेका थिए । सञ्चालन कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी धनगढीको सहकार्य रहेको आयोजकले जनाएको छ ।
