यार्सागुम्बा टिप्न गएकी २२ बर्षीय जमुनाको मृत्यु

अत्तरिया : यार्सागुम्बा टिप्न डोल्पा गएकी रुकुम पश्चिमकी युवतीको मृत्यु भएको छ। आठबिसकोट नगरपालिका ४ गोतामकोट विष्टगाउँकी २२ वर्षीया जमुना विष्टको सोमबार डोल्पाको काईके गाउँपालिकामा मृत्यु भएको हो।

वडाध्यक्ष नरसिं विष्टका अनुसार यार्सागुम्बा टिप्नको लागि डोल्पाको नाउरे भन्ने स्थानमा पुगेको बेला जमुना लेक लागेर बिरामी भएकी थिइन्। साथै गएकी कान्छी बहिनी सरस्वतीसहित घर फर्किँदै गर्दा बाटोमै उनको मृत्यु भएको हो ।
जमुनाको शव जिल्ला अस्पताल डोल्पामा ल्याएर पोस्टमार्टम गर्ने तयारी भएको छ। त्यसपछि गोतामकोट ल्याई अन्त्येष्टि गर्ने वडाध्यक्ष विष्टले बताए।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.