अत्तरिया, १५ जेठ : नेपाल कम्युनिष्ट पार्टी गोदावरी नगर समितिले बर्तमान राजनीतिक संकट र यसको समाधान विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । मंगलबार अत्तरियामा विभिन्न राजनीतिक दलका नेता एवं समाजसेवीहरुको सहभागितामा अन्तरक्रिया गरेको हो । सहभागि कार्यक्रमका प्रमुख वक्ता नेकपाको पोलिटव्यरो सदस्य प्रमुख रंगनाथ ढकालले वर्तमान राजनीतिक संकटको निकास र नेपाली विशेषताको समाजवादका बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए ।
कार्यपत्रमा सहभागि वक्ताहरुले टिप्पणी गरेका थिए । कार्यक्रममा नेपाली काँग्रेसबाट गोदावरी नगरसभापति विरबहादुर चोख्याल, नेकपा एमालेका कृतबहादुर चन्द, नेकपा माओवादी केन्द्रका शेरबहादुर विष्ट, क्रान्तिकारी कम्युनिष्ट पार्टीका टंक कोइराला, वामपन्थी बुद्धिजीविका रुपमा दिलबहादुर वमले टिप्पणी गरेका हुन् । यस्तै गरी बुद्धिजीविका रुपमा खगेन्द्र विनाडी, धर्मराज भट्ट र गेटा मेडिकल संघर्ष समितिका संयोजक लोकराज पाण्डे ‘आगो’ ले प्रस्तुति माथि टिप्पणी गरेका थिए ।
सहभागिले नेपाली विशेषताको समाजवाद नै उपयुक्त भएकोमा जोड दिएका थिए । कार्यक्रम नेकपाको नगर इन्चार्ज कैलाश जोशीको सभापतित्वमा भएको हो ।
सम्बन्धित पाेस्टहरु