Agni Offset Press

भारतको राजस्थानमा तापक्रम बढेर ४९ डिग्री पुग्यो, अत्यधिक गर्मीले ६ को मृत्यु

Aarati simant

भारतको राजस्थानमा तापक्रम बढेर ४९ डिग्री पुगेको छ । पश्चिमी भारतीय राज्य राजस्थानमा अत्यधिक गर्मीको लहरका कारण ६ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । राजस्थानका लगभग सबै ठाउँमा ४५ डिग्री सेल्सियसभन्दा बढी तापक्रम दर्ता गरिएको छ । स्थानीय सरकारले गर्मी मौसममा सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ ।
राजस्थानमा ‘हिट स्ट्रोक’ बिरामीहरूको संख्या सोमबार दुई हजार आठ सय नौबाट बढेर तीन हजार ६ सय २२ पुगेको छ । मौसम विभागले पहिले नै मानिसलाई गर्मीको जोखिमबाट बच्न र चिसो ठाउँमा बस्न सुझाव दिएको छ । विभागले तिर्खा नलागे पनि पर्याप्त पानी पिएर ‘हाइड्रेटेड’ रहन आग्रह गरेको छ ।

भारतका ठूलो क्षेत्र हाल गर्मीको लहरको चपेटामा छ । यसबाट मानिसको स्वास्थ्य र जीविकोपार्जनमा गम्भीर असर पारेको छ । गत महिना भारतीय मौसम विभागले अप्रिलदेखि जुनसम्म चरम गर्मीको सामना गर्ने र मध्य तथा पश्चिमी प्रायद्वीप क्षेत्रहरू सबैभन्दा बढी प्रभावित हुने अनुमान गरेको थियो ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.