
अत्तरिया : कैलालीमा मिनी ट्रक दुर्घटना हुँँदा धनगढीका एक जनाको मृत्यु भएको छ। जिल्लाको भजनी नगरपालिका–७ चर्रामा से १ ख १६२७ नम्बरको मिनी ट्रक अनियन्त्रित भएर गम्भीर घाइते भएका धनगढी उपमहानगरपालिका–७ मनेराका ५५ वर्षीय जुगाराम चौधरीको मृत्यु भएको छ।
उनको सेती प्रादेशिक अस्पताल, धनगढीमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले बताएको छ। मिनी ट्रकमा सवार एक जनाको प्राथमिक स्वास्थ्य केन्द्र भजनी र दुई जनाको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार हुँदैछ। मिनी ट्रकका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
