गोदावरीको लालपुरमा भएको आगलागीबाट साढे ४२ लाखको क्षति

अत्तरिया : कैलालीमा पसलमा आगलागी हुँदा साढे ४२ लाखको क्षति भएको छ। जिल्लाको गोदावरी नगरपालिका–६ लालपुर चोकस्थित टेकबहादुर साउँदले सञ्चालन गर्दै आएको न्यू भुवन हार्डवेयरमा बुधवार विद्युतक तार सट भई आगलागी हुुँदा सोही ठाउँस्थित शंकर खड्काले सञ्चालन गर्दै आएको भैरव एग्रोभेट र नारायण वलीले सञ्चालन गर्दै आएको सुसेन्टरमा समेत आगलागी भएको हो।

आगलागीबाट ४२ लाख ५० हजार बराबरको धनमाल जलेर नष्ट भएको हो। उक्त आगलागीबाट मानवीय तथा चौपायामा भने क्षति नभएको प्रहरीले जनाएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.