कैलाली बहुमुखी क्याम्पसले दियो गर्मी बिदा

अत्तरिया : धनगढीमा रहेको कैलाली बहुमुखी क्याम्पसले गर्मी बिदा दिएको छ। केहि दिन यता तराईका जिल्ला कैलाली र कञ्चनपुरमा गर्मी बढेका कारण पठनपाठनमा समस्या देखिएको भन्दै क्याम्पसले २२ दिन विदा दिएको हो।
क्याम्पसले एक सूचना जारी गर्दै जेठ २० गतेदेखि असार १० सम्म गर्मी बिदा दिइएको जनाएको छ। क्याम्पसका सहायक क्याम्पस प्रमुख डा. लोकबहादुर विष्टले जारी सूचनामा बिदा अवधिमा प्रशासन भने खुला रहने उल्लेख छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.