
अत्तरिया, १८ जेठ : धनगढीदेखि अत्तरिया सम्मको अटो भाडा एक सय रुपैयाँ तोकिएको छ । सुदूरपश्चिम अटो यातायात प्रालिले अत्तरिया चोकदेखि धनगढी भन्सारसम्मको अटोको नयाँ भाडा दर एक सय रुपैयाँ कायम गरेको हो ।
जेठ १६ गते बसेको अटो यातायात प्रालिको बैठले धनगढी देखि अत्तरिया पुगेको विभिन्न स्थानको नयाँ भाडा दर लागू हुने निर्णय गरेको हो । यातायात प्रालिका अध्यक्ष सिताराम कठायतले हस्ताक्षर गरेको सूचनामा १५ किलोमिटर सडक पार गर्दा एक सय रुपैयाँ भाडा तोकेको हो ।
यस्तै, अत्तरियादेखि मनहरा पुलसम्म २० रुपैयाँ, गेटा मेडिकल कलेजसम्म २५ रुपैयाँ, बिस्कुट कम्पनीसम्म ३० रुपैयाँ र अत्तरियादेखि माछा पोखरीसम्म ४० रुपैयाँ भाडादर कायम गरिएको छ । यसैगरी, अत्तरियादेखि विमानस्थल चोकसम्म ५० रुपैयाँ, बोराडाँडीसम्म ६० रुपैयाँ, ट्राफिक चौराहासम्मको भाडा ७० र भन्सारसम्म पुगाएको एक सय लिने निर्णय भएको छ ।
