Agni Offset Press

फेरि घट्यो पेट्रोल र डिजेलको मूल्य

Aarati simant

काठमाडौं : नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको छ । शनिबार राति १२ बजेदेखि लागु हुनगेरी निगमले पेट्रोलको मूल्य प्रतिलिटर ३ रुपैयाँ र डिजेलको मूल्य प्रतिलिटर एक रुपैयाँले घटाएको हो ।

निगमका अनुसार इन्डियन आयल कर्पोरेसनबाट आज पेट्रोलको मूल्य प्रतिलिटर ४.४२ र डिजेलको मूल्य प्रतिलिटर २.४५ ले घटेर आएको छ ।

तर, नेपाल सरकारले बजेटमार्फत जेठ १६ गतेबाटै लागु हुनेगरी पेट्रोल र डिजेलमा प्रतिलिटर एक रुपैयाँका दरले हरित कर लगाएकाले त्यसैअनुसार मूल्य समायोजन गरिएको निगमले जनाएको छ । मूल्य घटेसँगै पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगन्जमा पेट्रोलको मूल्य प्रतिलिटर १६५.५० रुपैयाँ र डिजेलको मूल्य १५०.५० रुपैयाँ कायम भएको छ ।

दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङमा पेट्रोलको मूल्य प्रतिलिटर १६७ र डिजेलको मूल्य १५२ रुपैयाँ कायम भएको छ । तेस्रो वर्गअन्तर्गत काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर १७६.८ र डिजेलको मूल्य १५३ रुपैयाँ कायम भएको छ । हवाई इन्धन र खाना पकाउन प्रयोग हुने एलपी ग्यासको मूल्य भने यथावत् राखिएको छ ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.