गोदावरी नगरपालिका–१२ को बजेट ७६ लाख ५१ हजार ५२३ रुपैयाँ

अत्तरिया, १९ जेठ : कैलालीको गोदावरी नगरपालिका वडा नम्बर १२ ले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेको छ । वडाले शनिबार वडा भेलामार्फत वडा अध्यक्ष भिमबहादुर खड्काले ७६ लाख ५१ हजार ५२३.७६ को बजेट सार्वजनिक गरेका हुन । सार्वजनिक गरेको बजेटमा भौतिक पूर्वाधार विकास तर्फ २० लाख ५० हजार, सामाजिक विकास तर्फ २५ लाख ५० हजार विनियोजन गरिएको छ ।
त्यसै गरी आर्थिक विकास तर्फ २३ लाख ४० हजार, वन तथा वातावरण लागि १ लाख र सार्वजनिक सेवा तथा संस्थागत क्षमता विकास तथा अन्य खर्चका लागि ६ लाख ११ हजार ५२३.७६ बजेट विनियोजन गरिएको छ ।
वडा अध्यक्ष भिम बहादुर खड्काको अध्यक्षतामा आयोजित वडा भेला कार्यक्रममा नगर प्रमुख विरेन्द्र भट्ट प्रमुख अतिथि रहेका थिए । कार्यक्रमका प्रमुख अतिथि मेयर विरेन्द्र भट्टले यस पालिका अन्तर्गतका विभिन्न वडामा रहेका नागरिकहरु गुनासाहरु संकलन भएको बताए । यस क्षेत्रको प्रमुख समस्या भनेको सडक बाटो नै रहेको, जुन ठेक्का प्रक्रियाबाट अगाडि बढेको र काम ढिला भएकोले उक्त काम छिटो गर्न निर्देशन समेत दिएको उनले बताए ।
सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला जोड्ने एक मात्र राजमार्ग रहेको अवस्थामा वर्षातको समयमा अवरुद्ध हुँदै गर्दा आवतजावतमा समस्या हुने गरेको र उक्त राजमार्गको वैकल्पिक मार्गको रूपमा अगाडि बढाउनका लागि प्रदेश देखि केन्द्र सम्म समय समयमा माग गर्दै आएको बताए । चौकीडाँडा देखि फाल्टुडे सडक विस्तारका लागि काम अगाडि बढेको उनले बताए ।
वडाध्यक्ष खड्काका अनुसार उक्त बजेटबाट रोड, कृषि तथा पशुपंक्षी, सिँचाई, उद्योग, वाणिज्य तथा आपुर्ति, सांस्कृतिक तथा पर्यटन, क्षमता अभिवृद्धि, गरीबी निवारण लगायतका योजनाहरु सञ्चालन गरिनेछन । कार्यक्रममा नगर प्रवक्ता तथा वडा न १ का वडा अध्यक्ष गोपालदत्त भट्ट, वडा नं ११ का वडा अध्यक्ष प्रेमसिंह बडैंला, वडा नं १० का वडा अध्यक्ष रवीन्द्र शाही लगायत राजनीतिक दलका प्रतिनिधि, संघसस्थाका प्रतिनिधि तथा वडाबासीको सहभागिता रहेको थियो ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.