Agni Offset Press

सुदूरपश्चिम प्रदेशस्तरीय लोक गायन प्रतियोगितामा बैतडीका भरत बोहरा प्रथम

Aarati simant

अत्तरिया, १९ जेठ : कैलालीको गोदावरी नगरपालिका अत्तरियामा भएको सुदूरपश्चिम प्रदेशस्तरीय लोक गायन प्रतियोगितामा बैतडीका भरत बोहरा प्रथम भएका छन् । बोहराले प्रतिायोगितामा गायक महेस औजीको स्वरमा रहेको कलेजी कटाउने माया भन्ने भाका प्रतियोगितामा प्रस्तुत गरेका थिए । प्रथम भएसंगै उनले नगद पन्ध्र हजार रुपैँया तथा प्रमाणपत्र प्राप्त गरेका हुन् ।
त्यस्तै बझाङका कुलेन्द्र परियारले द्वितिय भए । परियारले दश हजार नगद सहित प्रमाणपत्र प्राप्त गरेका छन् । परियारले गायक भोजराज भट्टको स्वरमा रहेको ‘हरबे हरहर’ बोलको भाका प्रस्तुत गरेका थिए । त्यसैगरी प्रतियोगितामा बाजुराकी मनिषा बिकले तेस्रो स्थान हाँसिल गर्दै सात हजार रुपैँया नगद प्राप्त गरेकी छन । उनले प्रतियोगितामा ठाडी भाका प्रस्तुत गरेकी थिईन् । त्यस्तै कञ्चनपुरकी हेमन्तु रानाले चौथो स्थान हँसिल गरेकी छन् ।
सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानको आयोजना र रविन कला केन्द्रको सह–आयोजनामा एक दिवसीय ‘सुदूरपश्चिम प्रदेश स्तरिय लोक गायन प्रतियोगिता २०८१’ अत्तरियामा सम्पन्न भएकोे हो । कार्यक्रममा सुदूरपश्चिमका नौ ओटै जिल्ला बाट एक÷एक जना प्रतिष्पर्धीले सहभागीता जनाएका थिए ।
प्रतियोगिताको निर्णायकको भुमिकामा नरेन्द्रराज रेग्मी, लालबहादुर धामी (अछामी बड्डो), सुरत रावत (डोटेली कान्छा) रहेका थिए । कार्यक्रममा बसुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति डाक्टर टिएन जोशीले लुकेर रहेका प्रतिभाहरुलाई प्रस्फुटन गर्ने उदेश्यले कार्यक्रमको आयोजना गरिएको बताए । उनले यस्ता कार्यक्रमलेहरुले सुदूरपश्चिमका मौलिक भाकाहरुलाई जर्गेना गर्ने बताए । प्रतियोगितामा साइकलयात्री भरतबिक्रम शाह लगायत चार जनालाई सम्मान पनि गरिएको थियो ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.