अत्तरिया, २० जेठ : अत्तरिया–धनगढी ६ लेन सडक अन्तरगतका डिभाईडर गोदावरी नगरपालिकाले हटाउन सुरु गरेको छ । सडक छेउमा राखिएका डिभाईडरले दुर्घटनाको जोखिम भएपछि हटाउन थालिएको हो । डिभाईडरले गर्दा सडकको सोभा विग्रनुका साथै सडक पनि साघुरो भएपछि डिभाईडर हटाएको जनाएको छ ।
हटाइएको डिभाईडर बाढीको जोखिम भएको क्षेत्र खुटिया र गोदावरीमा राख्ने नगरपालिकाले जनाएको छ । गोदावरी नगरमा सडक विभागसंग केहि प्रक्रियाले गर्दा ढिलाई भएको थियो । डिभाईडर हटाउने योजना यस अघि भए पनि केहि प्रक्रियागत कुराले गर्दा ढिलाई भएको गोदावरीका मेयर विरेन्द्र भट्टले बताएका छन् । डिभाईडरहरु बाढीको जोखिम क्षेत्रमा राखिने उनको भनाई छ । उनले ६ लेन सडकमा दुर्घटना कम गर्न सबैले ट्राफिक नियमको पनि पालना गर्नुपर्ने बताए । ‘सडक फराकिलो बनाउनुपर्छ भन्ने पहिले देखिको सोच हो ।’, उनले भने सम्बन्धित कार्यालयसंग समन्वय गरेर बाढीको जोखिम भएको खुटिया, र गोदावरी नदीमा तटबन्ध निर्माण गरिरहेको हो ।’
डिभाईडरका कारण दुर्घटनाको जोखिम बढेको भन्दै पैदलयात्रु, चालकहरुले गुनासो गर्दै आएपछि सडक दायाँबायाँ राखिएका सबै डिभाईडर हटाउन थालिएको जनाएको छ । ६ लेन सडकको गेटादेखि अत्तरिया सम्मको सबै डिभाईडर हटाइने । सयौँको संख्यामा राखिएका डिभाईडर हटाउने काम भएपछि सडक फराकिलो बन्नुका साथै सडकमै गाडी पार्किङ गर्ने क्रम घट्दा आवतजावत गर्नेलाई सहजता हुने स्थानीयले बताएका छन् ।
डिभाईडरका कारण सडक साँघुरो हुनुका साथै दुर्घटनाको जोखिम समेत बढी हुने भएका कारण यस्ता ठुला सडकमा अवरोध हुने गरी कुनै पनि वस्तु राख्न नहुने स्थानीयको भनाई छ । डिभाईडर राख्दा सवारी पार गर्न समस्या, आवतजावत गर्दा अप्ठायारो, सवारी निश्चित ठाउँमा पुगाउन लामो समय लाग्ने समस्या थियो । सडक खण्डमा सुरक्षाका लागि आवश्यक जेब्राक्रस, ट्राफिक संकेत, ट्राफिक लाइट, फुटपाथ लगायत सडक पूर्वाधार तयार नगरी डिभाईडर मात्र राखेर जोखिम झनै बढेको थियो ।
विभिन्न ठाउँमा छरपष्ट राखिएका डिभाईडरले सडकलाई कुरूप र सवारी चालकलाई सवारी चलाउन समेत समस्या हुने गरेको थियो । सडकमा राखिएका डिभाईडरले विशेष गरी रातिको समयमा डिभाईडरका कारण दुर्घटनाको जोखिम पनि कम हुने विश्वास चालकहरुको छ । डिभाईडर हटाइएपछि दुर्घटनाको भय र अवरोध हटेको अनुभुति भएको उनीहरुको भनाई छ ।
यसअघि डिभाईडरको सहायतामा मनलाग्दी रुपमा सवारी पार्किङ समेत हुने गरेकोमा अब त्यस्तो नहुँने चालकले बताएकाछन् । ६ लेन सडकको धनगढी क्षेत्रमा यस अघि नै हटाई सकेको छ ।
