अत्तरियामा जापानिज भाषा केन्द्र खोलियो

अत्तरिया : गोदावरी नगरपालिका–१ अत्तरियामा जापानिज भाषाको केन्द्र खोलिएको छ । केन्द्रको आईतबार एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ । अत्तरियाको दुर्गालक्ष्मी बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख डा. नरेन्द्र ऐरले उद्घाटन गरेका हुन् ।

अत्तरिया चौराहमा खोलिएको केन्द्रको नाम शिकी जापानिज भाषा लिमिटेड राखिएको छ । जापानमा अध्यायन गरेका मिन साउदको प्रयासमा युवाहरुको समूहले केन्द्र स्थापना गरेको हो । युवा नवीन जोराको अध्यक्षतमा भएको उद्घाटन कार्यक्रमको सञ्चालन खेम राज भट्टले गरेका थिए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.