अछाममा जिप दुर्घटना हुँदा ६ जना घाइते

अछाम : अछाममा जिप दुर्घटना भएको छ। जिल्लाको साँफेबगरबाट मंगलसेन जाँदै गरेको से १ ज ६५४ जिप साँफेबगर नगरपालिका–८ चण्डिका जमाल गाउँमा दुर्घटना भएको हो।

दुर्घटनामा ६ जना घाइते भएका छन्। ५ जनालाई सामान्य उपचारपछि डिस्चार्ज गरिएको छ भने एक जनाको खुट्टामा बढी चोट लागेपछि बयालपाटा अस्पतालमा उपचार भइरहेको अछाम प्रहरीले जनाएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.