चोरी मुद्दामा फरार धनगढीका रोशन पक्राउ

अत्तरिया : चोरी मुद्दामा फरार धनगढीको एक युवक पक्राउ परेका छन्। जिल्ला अदालत कैलालीको फैसलाले चोरी मुद्दामा १ महिना १५ दिन कैद सजाय र ५ हजार जरिवाना ठहर भएपछि फरार रहेका धनगढी उपमहानगरपालिका-१३ का २५ वर्षीय रोशन चौधरी पक्राउ परेका हुन्।

चौधरीलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले आईतवार धनगढी उपमहानगरपालिका-५ तारानगरबाट पक्राउ गरि कारागार कार्यालय कैलालीमा पेश गरेको जनाएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.