बैतडी प्रशासनमा ‘माल’ थर परिवर्तनका लागि निवेदन

बैतडी : ‘माल’ थर परिवर्तनका लागि दुई सय जनाले जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका छन् । माल थरकै कारण महिलारपुरुषलाई अप्ठ्यारो महसुस भएपछि परिवर्तन गर्नु परेको उहाँहरूको भनाइ छ ।

डिलासैनी गाउँपालिका–६, गोकुलेश्वरका क्षेत्री समुदायका करिब दुई सय जना थर परिवर्तनका लागि प्रशासन कार्यालय पुगेको निवेदक रमेशसिंह मालले बताउनुभयो । विद्यालयरक्याम्पस पढ्ने युवतीलाई थरका कारण समस्या हुन थालेको छ ।

साथीभाइले सहर बजारमा बसेर पढ्ने महिलालाई यो थरबाट बोलाउँदा हेपेको र जिस्क्याएको जस्तो लाग्न थालेपछि थर नै परिवर्तन गर्नु परेको उहाँको भनाइ छ । कतिपयले थरलाई लिएर जिस्क्याउने गरेको पाइएको छ । नेपाली शब्दकोशमा ‘माल’ को अर्थ घरको ढोका अड्याउने कोठाको चौकोस, अन्न थन्क्याउन पात गाँसेर पोका बनाउन मिल्ने माल तथा मालेको लहरा उल्लेख छ । त्यस्तै गाईगोरु तथा छेपारो घाँटीमा झुन्डिने छाला गलकम्बललाई माल भनेर उल्लेख गरिएको पाइन्छ ।

लागुऔषध दुव्र्यसनी जस्ता कुलतमा फसेकाले ‘गाँजारचरेस’ लाई पनि साङ्केतिक भाषामा ‘माल’ भन्ने गरेको पाइएको सामाजिक अगुवा आँसु मालले बताउनुभयो । लैङ्गिक हिसाबले महिलालाई पनि यो शब्दले असहज महसुस हुने गरेको छ ।

उनले भने, “हाम्रा पूर्वज मलास (मालरमधेश) बाट आएकाले ‘माल’ भन्ने गरिएको पाइयो । त्यो बेलाका पूर्वज साक्षर थिएनन् । सरकारी अभिलेखमा पनि सोही शब्द राखिएपछि नागरिकतामा माल उल्लेख हुँदै आयो । अहिले सचेतना बढेपछि अल्पसङ्ख्यक समुदायलाई असहज महसुस भएको छ ।” प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले थर परिवर्तनका लागि दुई सय जनाको निवेदन आएको जानकारी दिँदै माल थर परिवर्तन गरी कार्की लेखाउन माग गरिएको बताए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.