दलित पत्रकार संघ कैलालीको अध्यक्षमा पुनः हिक्मत

अत्तरिया : राष्ट्रिय दलित पत्रकार संघ, नेपाल जिल्ला शाखा कैलालीको अध्यक्षमा हिक्मत भुल चयन भएका छन् । दोस्रो जिल्ला अधिवेशनको बन्दसत्रबाट हिक्मत भुलको अध्यक्षतामा ७ सदस्यीय नयाँ कार्य समिति चयन भएको छ । उपाध्यक्षमा उषाकिरण ज्योति, सचिवमा रन्जना विसी, कोषाध्यक्षमा कविता सार्कीलाई चयन गरिएको छ । हिक्मत दोस्रो पटक अध्यक्ष बनेका हुन् ।
यस्तै सदस्यहरुमा सुरेश भुल लगायत छन् । अधिवेशनमा नेपाल पत्रकार महासंघ केन्द्रिय सचिव हेमकर्ण विक प्रमुख अतिथि रहेका थिए । कार्यकममा राष्ट्रिय दलित पत्रकार संघ नेपाल केन्द्रिय उपाध्यक्ष एवं सुदूरपश्चिम प्रदेश इन्चार्ज करन ताम्राकार विशिस्ट अतिथि रहेका थिए ।
यस्तै नेपाल पत्रकार महासंघ कैलालीका उपाध्यक्ष हरिश विक, क्रियाशिल पत्रकार संघ केन्द्रिय सचिव धर्म विक, नेपाल बौद्ध अम्बेडकर महासंघ केन्द्रिय अध्यक्ष मनोज जैगढी, इन्सेकका प्रतिनिधि कृष्ण विकको उपस्थित रहेको थियो ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.