गोदावरीका संस्थागत विद्यालयमा थप ३ दिन गर्मी विदा

अत्तरिया : कैलालीको गोदावरी नगरपालिकाका संस्थागत निजी विद्यालयहरुले ३ दिन थप गर्मी विदा दिएका छन । शनिबार बसेको संस्थागत विद्यालयहरुको बैठकले गर्मी कार्यमै रहेकाले २७, २८ र २९ गते विदा थप गर्ने निर्णय गरेका हुन ।

गोदावरी नगरपालिकाले गर्मी बढेको भन्दै जेठ १९ देखि २५ गते सम्म विदा दिने निर्णय गरेको थियो । शनिबार विद्यालय बन्द रहेकोमा आज आईतबार देखि सामुदायिक विद्यालय भने सञ्चालनमा आएका छन ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.