Agni Offset Press

कैलाली काँग्रेस उपसभापति बडूवालको कारबाही फिर्ता लिन माग

Aarati simant

अत्तरिया : नेपाली काँग्रेस कैलालीका उप–सभापति भीम बडूवालको कारबाही प्रक्रिया फिर्ता लिन काँग्रेस प्रदेश सभा क्षेत्रीय कार्यसमिति क्षेत्र नं. ३ ‘ख’ कैलालीले माग गरेको छ ।
जिल्ला सभापति नारायणदत्त भट्टले एकलौटी निर्यणले राजनीतिक पूर्वाग्रह राखी बिना कारण कारबाही प्रक्रिया बढाएकोमा प्रदेश सभा क्षेत्रीय कार्यसमितिको गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा भनिएको छ ।
बिना कारण केन्द्रीय अनुशासन समितिमा नाम सिफारिस गरिएको सुनिन आएकोमा तत्काल नाम फिर्ता लिन समेत नेपाली काँग्रेस प्रदेश सभा क्षेत्रीय कार्यसमिति क्षेत्र नं. ३ ‘ख’ कैलालीले माग गरेको छ । क्षेत्र नं. ३ ‘ख’ का सभापति कमल राज चौधरीद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ ‘कारबाही प्रक्रिया अपमानजनक भएको र व्यक्तिगत पूर्वाग्रह राखिएको देखिएकाले हामी यो कारबाही फिर्ता गरी पार्टी भित्र एकता, सहमति र सहकार्य गरी अघि बढ्न आग्रह गर्दछौँ ।’
जिल्ला उप–सभापति भीम बडूवाल माथिको कारबाहीको सम्पूर्ण प्रक्रिया फिर्ता नलिए सम्म वडा देखी नगर सम्मेलन स्थगित गर्ने निर्णय गरेको नेपाली काँग्रेस प्रदेश सभा क्षेत्रीय कार्यसमिति क्षेत्र नं. ३ ‘ख’ कैलालीले जनाएको छ ।
विज्ञप्तिमा नेपाली काँग्रेस प्रदेश सभा क्षेत्रीय कार्यसमिति क्षेत्र नं. ३ ‘ख’ कैलालीले नेपाली काँग्रेस क्षेत्रीय कार्यसमिति,क्षेत्र नम्बर ३, नेपाली काँग्रेस जिल्ला कार्यसमिति कैलाली, नेपाली काँग्रेस प्रदेश कार्य समिति सुदूर पश्चिम प्रदेश र नेपाली काँग्रेस केन्द्रीय कार्य समिति,सानेपा ललितपुर लाई बोधार्थ समेत लेखेको छ ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.