अत्तरिया : सुदूरपश्चिम प्रदेशमा नवनियुक्त मन्त्रीहरूले शपथ लिएका छन् । सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँले एमालेका ३, माओवादीका ३ र एकीकृत समाजवादीका एक गरी ७ जनालाई मन्त्री नियुक्त गरेका थिए । एमालेका सुरेन्द्र पाल आर्थिक मामिला मन्त्रीमा नियुक्त भएका थिए । अन्य दुई मन्त्री बिनाबिभागीय भए । माओवादीका ओम विक्रम भाट सामाजिक विकास मन्त्रीमा नियुक्त हुँदा अन्य दुई मन्त्री बिना विभागीय भए । नेकपा एकीकृत समाजवादीका एक मन्त्रीलाई पनि जिम्मेवार दिइएको छैन ।
एमालेबाट वीर बहादुर थापा र हिरा सार्की बिना विभागीय मन्त्री हुँदा माओवादीबाट अक्कल रावल र लक्ष्मि बिक बिना विभागीय मन्त्री भएका थिए । नेकपा एकीकृत समाजवादीकी माया पन्तले पनि कुनै मन्त्रालयको जिम्मेवारी पाइनन् । ७ जनाले आज शपथ ग्रहण गरेका हुन् ।
सोडारीले जोशीलाई उद्योग पर्यटन वन तथा वातावरण मन्त्री नियुक्त गरेका थिए । तर, स्वतन्त्र सांसद जोशीले मन्त्री पद अस्वीकार गरे ।
सोडारीले यसअघि नागरिक उन्मुक्ति पार्टीका कैलाश चौधरीलाई भौतिक पूर्वाधार विकास र टीका थापालाई भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री मन्त्री नियुक्त गरेका थिए ।